CG Electronics
IME Life
Ncell NPL

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड सेन्सेइले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’ नामक आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

दैनिक जीवनलाई थप सहज र आधुनिक बनाउने घरायसी उपकरणहरूसँगै ग्राहकहरूलाई विशेष लाभ र उत्साह प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

चौधरी समूह अन्तर्गतको सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध यस ब्रान्डले नयाँ वर्षको अवसरमा ग्राहकहरूलाई विभिन्न उपहार र सुविधाको संगम पस्किएको छ । यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले सेन्सेइका विभिन्न होम एप्लायन्सेसहरूको खरिदमा २८,७०० रुपैयाँसम्मको तत्काल नगद फिर्ता (इन्स्ट्यान्ट क्यासब्याक) प्राप्त गर्न सक्नेछन् ।

नगद छुटका अतिरिक्त कम्पनीले उत्पादन अनुसार पक्का उपहारहरूको पनि व्यवस्था गरेको छ । जसअनुसार फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्ने ग्राहकले ६ केजी एरियल पाउडर र सेमि–अटोमेटिक वाशिङ मेसिन खरिद गर्नेले १ केजी एरियल पाउडर प्राप्त गर्नेछन् । त्यसैगरी, गर्मी मौसमलाई मध्यनजर गर्दै एयर कन्डिसनर (एसी) खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले निःशुल्क जडान (फ्री इन्स्टलेसन) सुविधा उपलब्ध गराउने भएको छ ।

यस अभियानको सबैभन्दा ठूलो र मुख्य आकर्षण भनेको बम्पर उपहारमा रहेको हिरो स्प्लेन्डर प्लस मोटरसाइकल हो । योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सामान खरिद गरेपछि त्यहाँ उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ । यसरी प्रक्रिया पूरा गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेता छनोट गरिनेछ, जसले बम्पर उपहारको रूपमा नयाँ मोटरसाइकल प्राप्त गर्ने अवसर पाउनेछन् । यसले गर्दा ग्राहकहरूले घरायसी सामान खरिद गर्दा केवल उपकरण मात्र नभई नयाँ सवारी साधन समेत जित्न सक्ने सम्भावना रहनेछ ।

सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, एसी, वाशिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ ।

देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ । कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ भने यसमा केही सर्तहरू लागू हुने जानकारी समेत दिएको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...