CG Electronics
IME Life
Ncell NPL

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण (Supplementary IEE) अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना बेसीशहर नगरपालिका वडा नं. ६ र १० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ अन्तर्गत मर्स्याङ्दी नदीमा निर्माणाधीन रहेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८, सिमलचौरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख अतिथिका रूपमा, बेसीशहर नगरपालिकाका नगरप्रमुख, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, दुवै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक वनका प्रतिनिधिहरू, आयोजनाका प्राविधिक टोली तथा स्थानीय दाजुभाइ–दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा केही व्यक्तिहरूले विरोध जनाउँदै कार्यक्रम अवरुद्ध गर्न खोजे पनि स्थानीय समुदायको सकारात्मक भूमिकाका कारण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै केही नकारात्मक तत्वहरूले व्यक्तिगत स्वार्थका लागि विकास अवरुद्ध गर्न खोजेको आरोप लगाए। उनले भने,
“विकास विरोधी यस्ता तत्वहरूको अवरोधले विकास रोकिने छैन। यो आयोजना यस क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको छ। यो आयोजना जसरी पनि बन्छ, बनेरै छाड्नेछ।”

उनले थप्दै कम्पनीको अनुभव र विश्वसनीयता प्रस्तुत गर्दै दिव्यज्योती हाइड्रोपावर लिमिटेडको मुख्य प्रवर्द्धक अपि पावर कम्पनी लिमिटेड रहेको जानकारी दिए। अपी पावर र यसको समूहले नेपालभरि दर्जनौँ जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको र यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एक प्रतिष्ठित कम्पनी रहेको उनले बताए। साथै, निकट भविष्यमै दिव्यज्योती हाइड्रोपावरलाई पनि सूचीकृत गरी सर्वसाधारण तथा विशेषगरी स्थानीयवासीलाई सेयरधनी बनाउने लक्ष्य रहेको जानकारी गराइयो।

उक्त आयोजना करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ। २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भएको र २०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाबाट करिब साढे दुई वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

हाल आयोजनाले निर्माण कार्य अघि बढाइसकेको जनाएको छ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...