एसपीजी अटोमोबाइल्सद्वारा ओमोडा जेको र आइकारमा ११ वर्षे वारेन्टी घोषणा
Wednesday Apr 08, 2026
वि.सं.२०८२ चैत २५ बुधवार ११:५८
काठमाडौं । नेपालका लागि SPG Automobiles Pvt. Ltd. ले आफ्ना Omoda Jaecoo र iCAR मोडेलहरूमा ११ वर्षे विस्तारित वारेन्टी योजना घोषणा गरेको छ।
कम्पनीका अनुसार, यसअघि ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी उपलब्ध थियो।
हालको स्ट्यान्डर्ड म्यानुफ्याक्चरर वारेन्टी अन्तर्गत ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको सुविधा रहेको छ।
नयाँ विस्तारित वारेन्टी (Extended Warranty) कार्यक्रम अनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा ड्राइभ मोटर एसेम्बलीमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) सम्म कभरेज दिइनेछ।
यो सुविधा Omoda E5, Jaecoo J5, Jaecoo J6T र iCAR V23 मोडेलहरूमा लागू हुनेछ।
कम्पनीका निर्देशक Gaurav Sharada ले यो वारेन्टीले कम्पनीको ईभी प्रविधिप्रतिको विश्वास र ग्राहकलाई दीर्घकालीन भरोसा दिने लक्ष्य स्पष्ट गर्ने बताएका छन्।
कम्पनीले देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ।
नयाँ वारेन्टीसम्बन्धी थप जानकारीका लागि नजिकैको शोरुम वा सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।




























