CG Electronics
IME Life
NIMB

नयाँ वर्ष २०८३ : नयाँ सडकमा सांस्कृतिक महोत्सवको रौनक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा नव वर्षको पहिलो दिन राजधानीको बसन्तपुर क्षेत्रमा नयाँ सडक (शुक्रपथ) सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ को आयोजनामा सम्पन्न उक्त महोत्सवले सांस्कृतिक विविधता र परम्परागत कला–संस्कृतिको समृद्ध झल्को दिने प्रस्तुतीहरुको झल्को दिएको छ ।

महोत्सवमा नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न स्टलहरू राखिएका छन् । परम्परागत भेषभूषा, हस्तकला सामग्री, स्थानीय परिकार, संगीत तथा नृत्य प्रस्तुतीले दर्शकहरूको ध्यान आकर्षित गरेको छ । विशेषगरी नेवारी संस्कृति, लोक संगीत र परम्परागत नाचगानले वातावरणलाई उत्साहपूर्ण बनाएको देखिएको छ ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै बसन्तपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

महोत्सवमा स्थानीय बासिन्दा, कलाकार, व्यापारी तथा विभिन्न संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको छ । नयाँ वर्षको पहिलो दिनमै सांस्कृतिक उत्सवमार्फत समुदायमा एकता, खुशी र सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...