हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न
Wednesday Apr 15, 2026
वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२
भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ को अध्यक्षतामा भक्तपुरको कौशलटारमा सम्पन्न भएको छ।
“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान” नारासहित आयोजित कार्यक्रममा प्रमुख अतिथि तारानाथ घिमिरे लाई “ज्येष्ठतम् पुरुष सम्मान” प्रदान गरिएको थियो। यस्तै ९४ वर्षीया मनिकर्णिका निरौलालाई “ज्येष्ठतम् चेली सम्मान”, इन्दिरा घिमिरेलाई “ज्येष्ठतम् महिला सम्मान (पन्ध्रौँ पुस्ता)” प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई “विद्वत् सम्मान” तथा सङ्कलक एवं सम्पादक गणेश घिमिरे ‘मार्मिक’ लाई “सम्पादक सम्मान” प्रदान गरिएको थियो।
सत्रौँ पुस्ताको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ। भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले राख्नुभएको थियो भने सञ्चालन हरि घिमिरेले गर्नुभएको थियो। पुस्तक समीक्षा साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले गर्नुभएको थियो।

























