CG Electronics
IME Life
NIMB

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा उपलब्ध अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन

NIMB
Himalayan Bank

 

काठमाडौं, चैत्र १८ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो नयाँ गेमिङ्ग फ्ल्यागशिप स्मार्टफोन जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन हो । जेडटिईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो गेमिङ्ग स्मार्टफोन नेपालमा तीव्र रूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्दछ। यस गेमिङ्ग फोनको आगमनसँगै विश्वव्यापी रूपमा परिचित रेड म्याजिक गेमिङ्ग ब्रान्ड नेपालमा पहिलो पल्ट औपचारिक रुपमा प्रवेश गरेको छ।

जेडटिईको नुबिया लाइन-अप अन्तर्गतको प्रिमियम गेमिङ्ग सब-ब्रान्ड रेड म्याजिकले एड्भान्स्ड कुलिङ सिस्टम, हाइ रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स-केन्द्रित इन्जिनियरिङ सहित विशेष रूपमा तयार गरिएका गेमिङ्ग स्मार्टफोनहरू प्रदान गर्दै ई–स्पोर्ट्स र मोबाइल गेमिङ्ग क्षेत्रमा बलियो विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको छ। नेपाली बजारमा यस गेमिङ्ग फोनको प्रवेशले ब्रान्डको विश्वव्यापी विस्तार रणनीतिलाई मात्र प्रतिबिम्बित नगरी नेपालमा विकास भइरहेको गेमिङ्ग इको-सिस्टमको परिपक्वतालाई पनि देखाएको छ, जहाँ गेमरहरु परम्परागत स्मार्टफोन भन्दा पनि विशेष गरी गेम खेल्नकै लागि बनेको गेमिङ्ग फोनको खोजीमा छन्।

अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन भनिएको जेडटिई रेड म्याजिक ११ प्रोले हाइ पर्फर्मेन्स चाहने गेमरहरूका लागि हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन प्रस्तुत गर्दछ। स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भएको यस गेमिङ्ग स्मार्टफोनले हेभी प्रयोग गर्नुपर्ने अवस्थाहरूमा पनि सहज मल्टिटास्किङ र अत्यन्त स्मूथ गेम प्ले सुनिश्चित गर्दछ। नेपालमा तीव्र रूपमा विस्तार भइरहेको मोबाइल गेमिङ्ग इको-सिस्टमको लागि यस जेडटिई रेड म्याजिक ११ प्रो गेमरहरुको निर्विकल्प छनोट हुने कम्पनिले विश्वास लिएको छ ।

फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि जेडटिई रेड म्याजिक ११ प्रोमा १४४ हर्ट्जको रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ। तीव्र गतिका गेमिङ्ग टाइटलहरू र भिडियो स्ट्रिमिङको प्रयोग गरिरहनुपर्ने नेपालका गेमर तथा कन्टेन्ट कन्ज्यूमरहरूका लागि यस्तो उच्च रिफ्रेस रेट विशेष गरी अत्यन्त उपयोगी छ। यसमा भएको थ्री डि अल्ट्रा सोनीक इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सरले सिमलेस एक्सेस प्रदान गर्दछ भने २३० ग्रामको हल्का तौलले प्रिमियम अनुभव र फंक्सनालीटी दुवै प्रदान गर्दछ। ९५.३% स्क्रिन-टु-बडी रेसियो भएकोले इमर्सिभ एज-टु-एज अनुभव प्रदान गर्दछ। यस फोनमा आइपी ६८ वाटर रेसिस्टेन्स पनि रहेको छ।

८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सहितको ७५०० एमएएचको शक्तिशाली ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झन्झट बिना लामो समयसम्म फोन प्रयोग गर्न सकिन्छ, जुन दिनभरि गेमिङ्ग, स्ट्रिमिङ र सञ्चारका लागि स्मार्टफोनमा निर्भर रहने नेपाली प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्वपुर्ण सुविधा रहेको छ। ब्लुटुथ ५.४ सपोर्ट तथा अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूले समग्र प्रयोग अनुभवलाई अझ सुदृढ बनाएको छ । लिक्विड इन्जेक्टेड कूलिंग मास्टर गरिएकोले पर्फर्मेन्समा कुनै ल्याग हुँदैन। एडभान्सड कूलिंग आर्किटेक्चरमा १३११६ mm२ भेपर च्याम्बर समावेश भएकोले जतिसुकै कडा गेम भए पनि खेल्न सहज हुन्छ । डबल साइडेड हिट कण्डक्सनले ५०% ताप बाहिर निस्किने भएकोले फोन तातिने समस्या हुदैन । ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूको साथ यस स्मार्टफोनले समग्र प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउने दाबी कम्पनिले गरेको छ ।

क्यामराको कुरा गर्दा जेडटिई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सर सहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसले विभिन्न परिस्थितिहरूमा उच्च गुणस्तरीय तस्बिरहरु खिच्न सक्छ। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्दै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरहरु र दैनिक प्रयोगकर्ताहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्दछ।
लन्चमा बोल्दै जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठज्यूले भन्नुभयो, “नेपालमा रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ्ग रणनीतिमा एक महत्वपूर्ण कदम हो। रेड म्याजिकले गेमिङ्ग स्मार्टफोन सिरिजमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको छ, र हामी विश्वस्त छौँ कि रेड म्याजिक ११ प्रोले हाई पर्फर्मेन्स र एडभान्स टेक्नोलोजी खोज्ने नेपाली प्रयोगकर्ता गेमरहरूमा सशक्त रूपमा प्रभाव पार्नेछ। नेपाल एक गतिशील र तीव्र रूपमा वृद्घि भइरहेको बजार हो, र हामी यसको डिजिटल विकासलाई साथ दिन हाम्रो सबैभन्दा एडभान्स्ड प्रविधिहरू ल्याउन प्रतिबद्ध छौँ।”

त्यस्तै शंकर ग्रुप एवम् जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाज्यूले भन्नुभयो, “ नेपालमा पहिलोपटक जेडटिई रेड म्याजिक ११ प्रो औपचारिक रूपमा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौँ। हाई पर्फर्मेन्स युक्त गेमिङ्ग स्मार्टफोनको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा, जेडटिई रेड म्याजिक ११ प्रो नेपाली गेमरहरूको अपेक्षा पूरा गर्नेछ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ। यो लन्चले विश्वव्यापी रूपमा परिचित र प्रविधिगत रूपमा एडभान्स्ड उत्पादनहरू नेपाली बजारमा ल्याउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। ”

१६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध रेड म्याजिक ११ प्रोको मूल्य रु १,६४,९९९ निर्धारण गरिएको छ र यो नेपालभर आधिकारिक वितरकहरू शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत उपलब्ध हुनेछ। शून्य प्रतिशत किस्ता योजनामार्फत पनि स्मार्टफोन उपलब्ध भएकाले गेमरहरुलाई प्रिमियम गेमिङ्ग अनुभवमा अपग्रेड गर्न अझ सहज हुने भएको छ। लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५,००० क्यास ब्याकसँगै रु २०,००० बराबरको रेड म्याजिक गेमिङ्ग कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन।

रेड म्याजिक ११ प्रोको लन्चसँगै जेडटिईले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै प्रयोगकर्ता-केन्द्रित एडभान्स्ड प्रविधिहरू बजारमा ल्याइरहेको छ। कम्पनीले नेपालका मोबाइल-फर्स्ट पुस्ताको आजको आवश्यकताहरूलाई समर्थन गर्दै डिजिटल जीवनशैलीलाई सुदृढ बनाउने अत्याधुनिक प्रविधिहरू प्रदान गर्न निरन्तर ध्यान केन्द्रित गरिरहेको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...