CG Electronics
IME Life
Ncell NPL

परम्परागत मिठाईलाई लक्जरी गिफ्टमा रुपान्तरण गर्दै माक्कुसे, ‘मदर्स डे’का लागि बिषेश प्याकेजिङ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा नेपालमा ‘मदर्स डे गिफ्ट बक्स’ को माग उल्लेख्य रूपमा बढेको छ । शहरी क्षेत्रसँगै विदेशमा रहेका नेपालीबीच पनि नेपालमै उपहार पठाउने चलन विस्तार हुँदै गएको देखिएको छ ।

यही प्रवृत्तिलाई लक्षित गर्दै नेपाली ब्रान्ड ‘माक्कुसे’ ले परम्परागत मिठाईलाई आधुनिक र लक्जरी गिफ्टिङमा रुपान्तरण गरी बजारमा ल्याएको छ । कम्पनीका अनुसार मदर्स डे, कुशे औंशी, दशैं, तिहार, जन्मदिन तथा वार्षिकोत्सवजस्ता अवसरमा यस्ता गिफ्ट बक्सहरूको माग बढ्दो छ ।

माक्कुसेले तयार गर्ने गिफ्ट बक्समा परम्परागत नेवारी मिठाईलाई प्रिमियम प्याकेजिङ र आधुनिक डिजाइनसँग संयोजन गरिएको हुन्छ । ग्राहकको रोजाइअनुसार कस्टमाइज्ड गिफ्ट तयार गर्ने सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालनमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ संलग्न छिन् । विदेशमा पेशागत अनुभव हासिल गरेपछि नेपाल फर्केर उनले परम्परागत उत्पादनलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यसहित यो ब्रान्ड सुरु गरेकी हुन् ।

माक्कुसेले पुस्टकारी, गुलाबजल–पिस्ता गुदपाक, मोक्का गुदपाक, गुदपाक–चोको फज कुकिज, ओटमिल, पम्पकिन सीड कुकिज, ओट्स गुदपाकलगायत विभिन्न परम्परागत मिठाई उत्पादन गर्दै आएको छ ।

यससँगै अनलाइन प्लेटफर्ममार्फत गिफ्ट अर्डर र डेलिभरी सेवा उपलब्ध गराइएकाले विदेशमा रहेका नेपालीलाई नेपालमै उपहार पठाउन सहज भएको कम्पनीले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपबाट समेत अर्डर आउने क्रम बढ्दो रहेको बताइएको छ ।

नेपालमा पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत गिफ्ट खरिद गर्ने प्रवृत्ति बढ्दै जाँदा गिफ्ट बक्स तथा ह्याम्परको बजार विस्तार भइरहेको छ । माक्कुसेजस्ता ब्रान्डहरूले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्दै गिफ्टिङ संस्कृतिमा नयाँ आयाम थपिरहेका छन् ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...