CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित माछापुच्छ्रे बैंक लिमिटेड ले ‘एमबीएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। सूचना प्रविधि क्षेत्रमा सक्रिय व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनाले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र नेपालमा विकासोन्मुख आईटी क्षेत्रलाई थप सुदृढ बनाउने बैंकको अपेक्षा रहेको छ।

बैंकका अनुसार, उक्त कर्जा योजनामार्फत आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालु पुँजी, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराइनेछ। यसले विशेषगरी सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) र मेशिन लर्निङ जस्ता क्षेत्रमा कार्यरत कम्पनीहरूलाई लाभ पुग्ने विश्वास गरिएको छ।

योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी÷सफ्टवेयर फर्म (एकल वा साझेदारी) तथा प्राइभेट लिमिटेड कम्पनीहरू योग्य हुनेछन्। साथै, यस्ता कम्पनीहरूले प्यान तथा भ्याट जस्ता करहरू नियमित रूपमा बुझाएको हुनुपर्नेछ र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।

बैंकले यस योजनामार्फत नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...