CG Electronics
IME Life
NIMB

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा दिन होटल व्यवसायी महासंघ तयार

NIMB
Himalayan Bank

 

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले सामाजिक उत्तरदायित्व बहन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा काठमाडौंको थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिएको छ। महासंघका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका सदस्य होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब १००० जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित आश्रय (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ।

उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित आवास सुविधा प्रदान गर्ने स्पष्ट प्रतिबद्धता महासंघले जनाएको छ।

यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न महासंघ पूर्ण रूपमा तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले यस्तो मानवीय पहलमार्फत संकटको घडीमा नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्य रहेको बताएका छन्।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...