CG Electronics
IME Life
NIMB

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका अनुसार पछिल्ला वर्षहरूमा गरिएको मर्जर (गाभिने) नीतिको प्रभावले नेपालको बिमा क्षेत्र थप संरचित र सुदृढ बन्दै गएको छ। यस प्रक्रियापछि बिमा कम्पनीहरूको संख्या घटेर हाल बजारमा ३७ वटा कम्पनीमात्र सक्रिय रहेका छन् भने कारोबारको आकार भने उल्लेखनीय रूपमा बढेको देखिएको छ।

प्राधिकरणका अनुसार हाल नेपालमा बिमा कम्पनीहरूलाई मुख्यतया चार विधामा वर्गीकरण गरिएको छ। जीवन बिमा कम्पनी १४ वटा रहेका छन्, जसले व्यक्तिको आयु वा जीवनसँग सम्बन्धित जोखिमको सुरक्षाको काम गर्छन्। त्यस्तै, निर्जीवन बिमा कम्पनी पनि १४ वटा रहेका छन्, जसले सवारी, घर, उद्योग, स्वास्थ्य लगायत भौतिक सम्पत्तिको बिमा गर्दै आएका छन्।

लघु बिमा अन्तर्गत ७ वटा कम्पनी सञ्चालनमा छन्। जसमा ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनी समावेश छन्। यसैगरी पुनर्बिमा क्षेत्रमा २ वटा कम्पनी सक्रिय छन्। जसले बिमा कम्पनीहरूले वहन गरेको जोखिमलाई पुनः बिमा गर्ने कार्य गर्छन्।

चालु आर्थिक वर्ष २०८÷०८३ को चैत मसान्तसम्म (९ महिनाको अवधिमा) बिमा क्षेत्रमा कुल १ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ बराबरको बिमा शुल्क (ग्रस प्रिमियम) संकलन भएको छ। यसमध्ये जीवन बिमा कम्पनीहरूले सबैभन्दा ठूलो हिस्सा ओगट्दै १ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेका छन्। जसमा नयाँ बिमा र नवीकरण दुवै समावेश छन्। निर्जीवन बिमा कम्पनीहरूले यही अवधिमा ३७ अर्ब २७ करोड रुपैयाँ संकलन गरेका छन् भने लघु बिमा क्षेत्रमा जीवन र निर्जीवन दुवै मिलाएर करिब ३ अर्ब ७२ करोड रुपैयाँ संकलन भएकोछ।

कम्पनीगत प्रदर्शनका आधारमा जीवन बिमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । जसले चैतसम्ममा करिब ३६ अर्ब ८६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। यसपछि नेशनल लाइफ इन्स्योरेन्स र एलआइसी नेपाल प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

निर्जीवन बिमातर्फ भने शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बजारमा अग्रता कायम गरिरहेको देखिन्छ।

प्राधिकरणले बिमा कम्पनीहरूको वित्तीय आधार सुदृढ बनाउन जीवन बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ अनिवार्य गरेको छ। यही कडाइका कारण पछिल्लो समय धेरै कम्पनीहरू आपसमा गाभिएका छन्। जसले बिमा क्षेत्रलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र पूँजीगत रूपमा सक्षम बनाएको छ।

समग्रमा हेर्दा, कम्पनी संख्या घटे पनि बिमा क्षेत्रमा कारोबार वृद्धि, पूँजी सुदृढीकरण र संस्थागत स्थायित्वतर्फ सकारात्मक संकेत देखिएको छ। जेनजी आन्दोलनमा भएका तोडफोड र आगजनी, विपद्का घटनाबाट घर, बारी र बाली बगाएर पीडित बनेकाहरुको अवस्थालाई देखेर पनि पछिल्लो समय निर्जीवन बिमातर्फ आकर्षण बढ्दै गएको पाइन्छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...