हिमालयन बैंकको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुने
Thursday May 21, 2026
वि.सं.२०८३ जेठ ७ बिहीवार ११:२६
काठमाडौं । हिमालयन बैंक लिमिटेड ले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयरमध्ये एक पटकमा अधिकतम १० प्रतिशतसम्म सर्वसाधारण शेयरमा रूपान्तरण गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार हिमालयन बैंकले संस्थापक शेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गर्न लागेको जनाएको छ।
यसका लागि बैंकले संस्थापक समूहका इच्छुक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
बैंकका अनुसार कम्पनीको तर्फबाट आवेदन दिने अवस्थामा सञ्चालक समितिको निर्णयसमेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। आवेदन बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड मार्फत पेश गर्न सकिनेछ।
आवेदन फारम हिमालयन बैंक लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड को वेबसाइटबाट डाउनलोड गर्न सकिने बैंकले























