CG Electronics
IME Life
NIMB

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

NIMB
Himalayan Bank

 

धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गते काठमाडौँको बौद्धमा बौद्ध महोत्सव २०८३ हुने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो उत्सव’ महोत्सवको नारा रहेको छ । काठमाडौँ महानगरपालिका– ६, बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। महोत्सव महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुनेछ। महोत्सवमा स्थानीयवासी, युवा, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवलाई अझ जीवन्त र आकर्षक बनाउन सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँक्री, स्थानीय कला–हस्तकलाका प्रदर्शनी, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध साङ्गीतिक प्रस्तुतिहरू रहनेछन्। युवा पुस्ता र सङ्गीत प्रेमीहरूलाई लक्षित गर्दै चर्चित साङ्गीतिक समूहहरू दि एक्से, हर्कुलस ब्यान्ड, द रेन्डर, द पासा रकर्स, पूर्बा एन्ड द ब्याण्डका साथै स्थानीय कलाकारहरू तथा सांस्कृतिक समूहहरूको विशेष प्रस्तुति रहनेछ।

यस अवसरमा वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताउनुभयो। उहाँका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्‍याउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको छ। महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सव बनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा महोत्सवसम्बन्धी सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका लागि विशेष आह्वान गरिनेछ।

कार्यक्रमको दिन सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्‍याली, बाजा, झाँक्री तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ। कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको छ, जसअन्तर्गत उत्पला क्याफे क्षेत्र, सिद्धार्थ हल क्षेत्र, बौद्ध पिपलबोट आसपास लगायतका सम्भावित स्थानहरूमा पार्किङ व्यवस्था मिलाइनेछ। ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टिम परिचालन गरिने तयारी छ।

महोत्सवमा देश– विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ। बौद्ध क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सवको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्, जसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रम सबैका लागि खुला रहने भएकाले स्थानीयवासी, परिवार, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई महोत्सवमा सहभागी भई ‘हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव’ लाई सफल बनाउन काठमाडौँ महानगरपालिका वडा ६, बौद्ध महोत्सव २०८३ आयोजक समितिले हार्दिक आग्रह गरेको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...