CG Electronics
IME Life
NIMB

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बताए । साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए ।

सरकारले कर्णाली क्षेत्रको जनजीवन सहज बनाउन जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासुरुङ मार्गसम्म सुरुङ सडक निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ तथा चिसापानी–बवैया सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ ।

सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखांकन, डिभाइडर जडान तथा मर्मत कार्यलाई निरन्तरता दिन सरकारले २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

रेल पूर्वाधारतर्फ बर्दिवासदेखि काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थान विन्दुसम्म रेलमार्ग निर्माण कार्य अघि बढाइने भएको छ । साथै निर्माणाधीन विराटनगर–जनकपुर तथा जयनगर–बर्दिवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताए ।

सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यकासहित प्रमुख सहरी सडकलाई नियमित मर्मत सम्भार गरी धुलो तथा खाल्डाखुल्डीमुक्त बनाउने योजना अघि सारेको छ । राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायुअनुकूल संरचना निर्माण गरिने तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ ।

महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसिटिभीसहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२२

  काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट...