CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित सुलभ पहुँचयुक्त शौचालयसहितको भवन पुनर्निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको उक्त विद्यालय भवनको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले एक विशेष समारोहका बीच भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंं स बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

विद्यालय प्राङ्गणमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ्ग प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख प्रदिप पन्त र मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थीको उपस्थिति रहेको थियो। साथै सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खड्कासहित शिक्षकवर्ग, अभिभावक तथा विद्यार्थीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचनाको विकास मात्र नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको बताउनुभयो। विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएको र आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार भएकाले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माणतर्फको महत्वपूर्ण पाइला हुने विश्वासका साथ बैंकले यो सहकार्य गरेको उहाँले उल्लेख गर्नुभयो।

नवनिर्मित आधुनिक भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ। सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको चौतर्फी विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता समुदायकेन्द्रित पहलहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ।

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’ बीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाटै सबै बैंकिङ सुविधा

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म ‘यार्पिड’...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०७

  सिटिजन्स बैंकका कर्पोरेट ग्राहकहरूले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

इनड्राइभरको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:०३

  विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले काठमाडौंका विभिन्न प्रमुख...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युतयनमा ९५ करोड २० लाख लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युतयनमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:५१

  एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा...

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा,...

वि.सं.२०८३ जेठ १८ सोमवार २१:००

  काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको...

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई राहत भएको अर्थमन्त्रीको भनाइ

किलोवाट होइन मूल्यका आधारमा कर: अटो व्यवसायीलाई...

वि.सं.२०८३ जेठ १८ सोमवार ११:१३

  अर्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी...

नाडा अटो शो २०२६ का लागि जेठ १८ गतेदेखि स्टल बुकिङ खुल्ला हुने

नाडा अटो शो २०२६ का लागि जेठ...

वि.सं.२०८३ जेठ १८ सोमवार ०९:३७

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ...