CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युतयनमा ९५ करोड २० लाख लगानी सुनिश्चित

NIMB
Himalayan Bank

 

एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तारलाई तीव्र बनाएको छ। यसै सिलसिलामा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट उत्पादन क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एक विशेष कार्यक्रमका बीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गर्नुभएको हो।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादनको राष्ट्रिय लक्ष्यलाई टेवा पुर्‍याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण आयाम थप्ने विश्वास गरिएको यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि यस आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट प्रतिघण्टा (GWh) विद्युत उत्पादन हुनेछ।

एनआईसी एशिया बैंकको एकल नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजनाको सफल निर्माणपश्चात मुलुकको राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वच्छ ऊर्जा थपिने र यसले मुलुकको समग्र आर्थिक वृद्धि एवं वातावरणीय सन्तुलन कायम राख्न ठूलो योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...