CG Electronics
IME Life
NIMB

सिटीजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म यार्पिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सिटीजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भविष्यमा फन्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।

यसका लागि एपीआई बैंकिङ प्लेटफर्म यार्पिड र सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच सहकार्य भएको छ। सहकार्यसँगै सिटीजन्स बैंकको प्रणालीमा ‘यार्पिड’ एकीकृत गरिएको छ। ‘यार्पिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज अ सर्भिस (BaaS) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ।

अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन्। प्रयोगकर्ताले ‘Connect with API Banking’ विकल्पमार्फत आफ्नो बैंक खाता लिङ्क गर्न सक्नेछन्। यस सहकार्यले सिटीजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने विश्वास बैंकले लिएको छ।

सिटीजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फारम भर्नुपर्नेछ। त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। ‘यार्पिड’ले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शीता ल्याउने विश्वास गरिएको छ।

‘यार्पिड’मा एन्ड–टु–एन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको हुनाले सबै प्रकारका डिजिटल ट्रान्ज्याक्सनलाई सुरक्षित बनाउने विश्वाससमेत बैंकले लिएको छ। एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ।

यसको प्रयोगका लागि https://signup-portal.ctznbank.com/login मा गई साइन अप र लगइन गर्नुपर्नेछ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटीजन फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटीजन्स जेन–जी सेभिङ अकाउन्ट” र “सिटीजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ, साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सी–आस्वा (C-ASBA) नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटीजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ।

सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १९६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट २० लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य : यशोधा फुड्स

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४६

  काठमाडौँ । यशोधा फुड्स प्रा.लिले निश्चित एक ब्याचबाहेक अन्य...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:३८

  काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र...

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:३४

  काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व...

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश टाइल्सको उपस्थिति विस्तार

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:११

  काठमाडौँ । कजारिया रमेश टाइल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:०३

  काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित...