CG Electronics
IME Life
NIMB

जिली EX5 को नयाँ मूल्य घोषणा: बजेटको नयाँ कर व्यवस्थाका कारण मूल्य समायोजन

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत विद्युतीय सवारी साधनमा लागू गरिएको नयाँ कर व्यवस्थाका कारण एलआरआर मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी श्रृंखला जिली EX5 को नयाँ मूल्य घोषणा गरेको छ।

नयाँ मूल्यसूची अनुसार प्रिमियम संस्करण जिली EX5 म्याक्सको मूल्य रुपैयाँ ७३ लाख र जिली EX5 प्रोको मूल्य रुपैयाँ ६२ लाख कायम गरिएको कम्पनीले जनाएको छ।

सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत विद्युतीय सवारी साधनको भन्सार मूल्याङ्कनका आधारमा नयाँ स्वच्छ पूर्वाधार लगानी शुल्क (Clean Infrastructure Investment Fee – CIIF) लागू गरेपछि यो मूल्य समायोजन अपरिहार्य भएको हो।

नयाँ व्यवस्था अनुसार रुपैयाँ २० लाखसम्म भन्सार मूल्य भएका विद्युतीय सवारी साधनमा २.५ प्रतिशत, रुपैयाँ २० लाखदेखि रुपैयाँ ३० लाखसम्ममा २० प्रतिशत, रुपैयाँ ३० लाखदेखि रुपैयाँ ४० लाखसम्ममा ३५ प्रतिशत, रुपैयाँ ४० लाखदेखि रुपैयाँ ५० लाखसम्ममा ९० प्रतिशत र रुपैयाँ ५० लाखभन्दा बढी भन्सार मूल्य भएका सवारी साधनमा १३० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ।

उक्त नयाँ शुल्कका अतिरिक्त भन्सार महसुल, मूल्य अभिवृद्धि कर (VAT) तथा सडक निर्माण दस्तुर समेत थपिने भएकाले प्रिमियम श्रेणीका विद्युतीय सवारी साधनहरूको आयात लागतमा उल्लेखनीय वृद्धि भएको छ।

मूल्य समायोजन भएतापनि जिली नेपाल नेपाली ग्राहकहरूलाई उत्कृष्ट मूल्य, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। जिली EX5 हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा उन्नत प्रविधियुक्त र सुविधासम्पन्न विद्युतीय एसयूभीमध्ये एकका रूपमा स्थापित भइसकेको छ।

यस विषयमा प्रकाश पार्दै कम्पनीका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठले नयाँ कर व्यवस्थाले ग्राहकहरूको खरिद निर्णयमा केही प्रभाव पार्न सक्ने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो।

उहाँले सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको प्रष्ट पार्नुभयो। साथै एलआरआर मोटर्स उच्च गुणस्तरका विद्युतीय सवारी साधन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक सहयोगमार्फत नेपाललाई दिगो र वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धतामा दृढ रहेको समेत उहाँले उल्लेख गर्नुभयो।

जिली EX5 प्रो तथा जिली EX5 म्याक्ससम्बन्धी थप जानकारी प्राप्त गर्न इच्छुक ग्राहकहरूलाई नजिकको जिली शोरुममा सम्पर्क गर्न वा जिली नेपालका प्रतिनिधिसँग विस्तृत विवरण लिन कम्पनीले अनुरोध गरेको छ।

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...