NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली बजारमा म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ई–टेरोन ९ कम्फर्ट सार्वजनिक गरेको छ। कम्पनीले गाडीको प्रारम्भिक मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरेको छ, जुन पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने जनाएको छ।

नयाँ ई–टेरोन ९ कम्फर्टलाई लामो दूरीको यात्रा, अफ–रोड ड्राइभिङ र व्यावसायिक प्रयोगलाई लक्षित गरी विकास गरिएको कम्पनीको भनाइ छ। गाडीमा १०२.२ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एनईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज उपलब्ध गराउने कम्पनीको दाबी छ। यसमा ११५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसबाट ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

पर्फर्मेन्सका हिसाबले गाडीमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। यी मोटरले संयुक्त रूपमा ७०० एनएम टर्क उत्पादन गर्छन्। कम्पनीका अनुसार गाडीले ५.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा छ।

ई–टेरोन ९ कम्फर्टले १,०५० केजीसम्म पेलोड बोक्न सक्ने तथा ३,५०० केजीसम्म ब्रेकसहितको टोइङ क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। गाडीमा अल–टेरेन सिस्टम (ATS), ५४५ मिलिमिटरसम्म पानी पार गर्न सक्ने क्षमता, डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन जस्ता विशेषता समावेश छन्, जसले विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ।

इन्टेरियरतर्फ १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, अटोमेटिक एयर कन्डिसनिङ, ६–वे इलेक्ट्रिक ड्राइभर सिट, की–लेस इन्ट्री तथा स्टार्ट, V2L (भेहिकल–टु–लोड) सुविधा, यूएसबी र टाइप–सी चार्जिङ पोर्ट लगायतका फिचर उपलब्ध छन्।

सुरक्षाका दृष्टिले यो पिकअपले युरो एनक्यापबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। साथै, बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन नेपालका ६ प्रमुख सहरमा सर्भिस नेटवर्क सञ्चालनमा रहेको कम्पनीको भनाइ छ।

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...