CG Electronics
IME Life
NIMB

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य : यशोधा फुड्स

NIMB
Himalayan Bank

 

काठमाडौँ । यशोधा फुड्स प्रा.लिले निश्चित एक ब्याचबाहेक अन्य सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।

कम्पनीले सोमबार एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले गुणस्तर सम्बन्धी समस्या औंल्याएको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को १०० ग्राम ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउबाहेक अन्य सबै उत्पादन खान योग्य रहेको स्पष्ट पारेको हो।

सूचनामा उक्त उत्पादन मिति र ब्याच नम्बरको चाउचाउबाहेक अन्य मितिमा उत्पादन भएका तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने उल्लेख गरिएको छ।

कम्पनीले उपभोक्ता, खुद्रा विक्रेता तथा अधिकृत विक्रेतालाई पनि सो निश्चित ब्याचबाहेकका अन्य उत्पादनहरू ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न आग्रह गरेको छ।

यशोधा फुड्सले खाद्य सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै बजारमा उपलब्ध अन्य सबै करेन्ट चाउचाउ गुणस्तरीय र सुरक्षित रहेको जनाएको छ। कम्पनीले उपभोक्तालाई उत्पादन खरिद गर्दा उत्पादन मिति तथा ब्याच नम्बर जाँच गर्नसमेत अनुरोध गरेको छ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...