CG Electronics
IME Life
NIMB

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ।

काठमाडौँमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरू, ७ विकास बैंकहरू, ३ वित्त कम्पनीहरू, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनीहरू र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए। साथै उक्त प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रमसमेत मिति २०८३/०२/२२ गते शुक्रबार सम्पन्न भएको छ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान श्री ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यता产मा काठमाडौँमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरियो। साथै सह–विजेता माछापुच्छ्रे बैंक लिमिटेडलाई उप–विजेता ट्रफीसमेत सोही समारोहमा प्रदान गरिएको छ।

 

उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआइसी इन्स्योरेन्स लि.का अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंक लिमिटेडका सृजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंक लिमिटेडका कृतार्थ शाक्यले जित्न सफल हुनुभएको छ। साथै फेयर प्ले अवार्ड सानिमा जिआइसी इन्स्योरेन्स लि.ले जित्न सफल भएको छ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ का सम्पूर्ण प्रायोजकहरू, सहभागी सम्पूर्ण टिमहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुभएका व्यक्ति तथा संस्थाहरूलाई बैंक हार्दिक आभार व्यक्त गर्दछ।

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य : यशोधा फुड्स

निश्चित ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४६

  काठमाडौँ । यशोधा फुड्स प्रा.लिले निश्चित एक ब्याचबाहेक अन्य...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:४१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर एद्दए) सेवाको सुरुवात

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ (क्रस–बर्डर...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:३८

  काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र...

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:३४

  काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व...

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश टाइल्सको उपस्थिति विस्तार

चितवनको रत्ननगरमा नयाँ शोरुमको स्थापनासँगै कजारिया रमेश...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:११

  काठमाडौँ । कजारिया रमेश टाइल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ...

सिटीजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म यार्पिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा

सिटीजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म यार्पिडबीच...

वि.सं.२०८३ जेठ २५ सोमवार २३:०१

  सिटीजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट...