NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको छ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट माधवराज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंकप्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् भने स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरिएको कम्पनीले जनाएको छ।

सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो। साथै शेयरधनीहरूबीच कम्पनीको भावी रणनीति, लगानी विस्तार तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको जनाइएको छ।

कम्पनीले नवनिर्वाचित सम्पूर्ण सञ्चालकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको टोखा–१० मा रहेको छ। कम्पनीले ऊर्जा क्षेत्रको विकास तथा उत्पादन क्षमताको विस्तारमा निरन्तर काम गरिरहेको जनाएको छ।

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१०

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल...

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३१

  काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...