NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन द फरेस्ट, इन द भिलेजेज’ शीर्षकको फोटोग्राफी प्रदर्शनी उद्घाटन गरिएको छ, जसमा इटालीयन क्युरेटर फिलिपो माज्जाको छनोटमा तीन नेपाली फोटोग्राफरर किशोर शर्मा, उमा विष्ट, र सागर क्षेत्रीका कामहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी अगस्ट ३०, २०२६ सम्म खुल्ला रहनेछ ।

प्रदर्शनीमा रहेको किशोर शर्माको फोटो शृङ्खला ‘लिभिङ इन द मिस्ट’ ले घुमन्ते राउटे समुदाय र उनीहरूको जीवनशैलीको बारेमा ५ वर्षको अवधिमा गरिएको फोटो दस्तावेजीकरण प्रस्तुत गरेको छ । उही शीर्षकको फोटो पुस्तकको रूपमा पनि प्रकाशित यो शृङ्खलाले ‘आधुनिक’ संसारमा समाहित नहुनका लागि राउटेहरूले गरिरहेको प्रतिरोधको दुर्लभ झलक प्रदान गर्नुका साथै वैकल्पिक र स्वायत्त जीवनशैलीको सम्भावनालाई पनि प्रतिबिम्बित गर्दछ ।

उमा विष्टको फोटो शृङ्खला ‘वनका हाम्रा गीत’ ले नेपालको अछाम जिल्लाका किशोरोरीहरूलाई पछ्याउँछ जो छाउपडी प्रथाले गर्दा महिनावारीको समयमा अपवित्र र अछुत बनाएर गोठमा बस्न बाध्य पारिन्छन् । २००५ मा गैरकानूनी र २०१८ मा दण्डनीय अपराध भनेर घोषणा गरिए तापनि, बहिष्कार र दैवी दण्डको डरले यो परम्परा कायमै छ ।

त्यसैगरी, सागर क्षेत्रीको फोटो शृङ्खला ‘एक्लिप्स’ ले नेपालको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको मधेसका जनताको राज्यसँगको जटिल सम्बन्ध र प्रायः विवादित बनाइने पहिचानको चर्चा गर्दछ । यो शृङ्खलाले सीमावर्ती क्षेत्र मधेस कसरी राजनीतिक गुनासाहरू परीक्षण हुने र उनीहरूको पुस्तामा भएको पहिचानको सबैभन्दा महत्त्वपूर्ण संघर्षहरू मध्ये एकको मुटुमा रहेको छ भन्ने कुराको गहिराइमा पुर्‍याउँछ ।

प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले हाल पश्चिमी समाजमा फोटोग्राफीले आफ्नो बाटो बिराएको हो कि भन्ने प्रश्न गर्दै दक्षिणी गोलार्धमा कसरी अझै पनि फोटोग्राफरहरूले आफ्नो काममार्फत सामाजिक मुद्दाहरूको उठान गरिरहेका छन् भनेर दुई बीचको तीव्र भिन्नताबारे चर्चा गरेका छन् ।

साथै, नेपालको समकालीन फोटो कलाकारहरूको उदीयमान पुस्तामाथि थप प्रकाश पार्दै उनी भन्छन्, “केवल फोटोग्राफीमा केन्द्रित नहुँदै, नेपालले आफूलाई लैंगिक मुद्दा, स्मृति र पहिचान, उत्तर–उपनिवेशिक सम्पदा, राजनीति, समाज, धर्म र संस्कृति जस्ता विषयवस्तुहरूको अन्वेषण गर्ने युवा कलाकारहरूले भरिपूर्ण देशको रूपमा प्रस्तुत गरेको छ । समकालीन कलाकारहरूको वर्तमान पुस्ता सम्भवतः नेपालमा अवस्थित पहिलो पुस्ता हो जसले सार्वजनिक र निजी सुविधाहरूको अभावको बाबजुद पनि आफ्नो काममार्फत दृढ कलात्मक पृष्ठभूमि, सक्रिय ऊर्जा, शक्तिशाली सामग्री र निडर अभिव्यक्तिका स्वरूपहरू प्रस्तुत गरेका छन् ।”

प्रदर्शनीको क्याटलग प्रसिद्ध इटालीयन प्रकाशन गृह सिल्भाना एडिटोरियलले प्रकाशित गरेको छ । यस परियोजनालाई इटालीयन संस्कृति मन्त्रालयको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भएको छ ।

‘नेपाल टुडे: इन द फरेस्ट, इन द भिलेजेज’ जुन ११ देखि अगस्ट ३०, २०२६ सम्म इटालीको ब्रेसियाको लोनाटो डेल गार्दामा सार्वजनिक प्रदर्शनीमा रहने छ ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...