CG Electronics
IME Life
NIMB

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमान्चक प्रतिस्पर्धासहित जारी रहेको छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूका लागि मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ । फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टीभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ । घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेका छन् ।

डिगो एपमार्फत नेपालभित्र जहाँसुकै विश्वकप हेर्न सकिने व्यवस्था मिलाइएको छ । डिगो एप नेपालभित्र मात्र उपलब्ध इन्टरनेटमा आधारित डिजिटल स्ट्रीमिङ प्लेटफर्म हो, जसमामार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् । मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि ५४९ रुपैयाँको मोबाइल पास सबैभन्दा किफायती विकल्प हो । यो पासमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिने भए तापनि एक पटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । अझ बढी सुविधा र बहु–उपकरण पहुँच चाहने दर्शकहरूका लागि ९९९ रुपैयाँको सिजन पास उपलब्ध छ । यस पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रीमिङ गर्न सकिनेछ । मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपको रोमान्चकता अनुभव गर्न सकिनेछ ।

परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि डिशहोमले ९९९ रुपैयाँमा टेलिभिजन सिजन पास उपलब्ध गराएको छ । यसमामार्फत ग्राहकहरूले डिशहोम डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टीभी सेट–टप बक्समा फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । यो सुविधाको लाभ लिनका लागि भने सक्रिय नियमित सदस्यता अनिवार्य हुनेछ ।

डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएको स्पष्ट पारेको छ । ९९९ रुपैयाँको डिगो सिजन पासमार्फत ग्राहकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू हेर्न सक्नेछन् । त्यसैले एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेलको मज्जा लिन सक्नेछन् । तर डिशहोम डीटीएच सेट–टप बक्स वा डिशहोम आईपी टीभी सेट–टप बक्समार्फत विश्वकप हेर्न चाहने ग्राहकहरूले टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ । डिगो सिजन पासले डिशहोम डीटीएच वा आईपी टीभी सेवामा पहुँच प्रदान गर्दैन । यदि कुनै ग्राहकले डिशहोमको डीटीएच वा आईपी टीभी सेट–टप बक्समार्फत घरको टेलिभिजनमा तथा बाहिर रहँदा डिगो एपमार्फत मोबाइल वा अन्य डिजिटल उपकरणमा विश्वकप हेर्न चाहनुहुन्छ भने डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै छुट्टाछुट्टै खरिद गर्नुपर्नेछ ।

विश्वकपको कुनै पनि महत्त्वपूर्ण खेल नछुटोस् भन्नका लागि ग्राहकहरूले आफ्नो आवश्यकता अनुसारको सेवा छनोट गरी सहज रूपमा पास खरिद गर्न सक्नेछन् । डिशहोम डीटीएच तथा आईपी टीभीका लागि विश्वकप सिजन पास डिशहोमका आधिकारिक डिलर दाइ, खल्ती, ईसेवा, कनेक्ट आईपीएस तथा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यममार्फत खरिद गर्न सकिनेछ । डिगो विश्वकप पास भने खल्ती, ईसेवा, ग्लोबल आईएमई मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत मात्र खरिद गर्न सकिनेछ ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...