CG Electronics
IME Life
NIMB

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटघाट गरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखा परेका विभिन्न समस्याहरूका सम्बन्धमा विस्तृत छलफल गरेको छ । असार १ गते आयोजित उक्त छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच रचनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयहरूमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सोही क्रममा उहाँले पहाडी क्षेत्रमा चल्नुपर्ने ठूला सीसीका मोटरसाइकलहरू पनि काठमाडौँ सहरभित्र चल्ने गरेको गुणासो गर्नुहुँदै मोटरसाइकलको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाउनुभयो । यसै क्रममा उहाँले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने कुरामा जोड दिँदै एआई (A.I.) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि समेत पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेन्टर र पहिलो पटक सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घन्टा अवधिको छोटो प्रशिक्षण लिनुपर्ने व्यवस्थाका लागि आग्रह गर्नुभयो, जसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गर्नुभयो । सोही क्रममा उहाँले नाडाले आफ्नो आउँदो ५०औँ वार्षिक साधारण सभा अर्थात् स्वर्ण उत्सवको सन्दर्भमा यही असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरू सहित विशेष हप्ताव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्त्वपूर्ण हुने भएकाले आवश्यक सहयोगका लागि उहाँले आग्रह समेत गर्नुभयो । नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकरमार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिनुभयो ।

सो छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले कार्यालयसँग पहिलेदेखि नै सहकार्य गर्दै आएकाले अहिले पनि नाडाले सहकार्य गरेरै अघि बढ्न चाहेको बताउनुभयो । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल लगायतको उपस्थिति रहेको थियो र उहाँहरूले समेत आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...