CG Electronics
IME Life
NIMB

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

NIMB
Himalayan Bank

 

काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई भारतको नयाँ दिल्ली, सरिता विहार (मथुरा रोड) स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो अस्पतालको विविध सेवामा लाग्ने शुल्कहरूमध्ये बिल रकममा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा मिति २०८३ साल जेठ २९ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालको तर्फबाट उप-प्रबन्धक विपिन शर्माले हस्ताक्षर गर्नुभयो । यस व्यवस्थाबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकका कर्मचारीहरूले इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्नेछन् ।

नेपालको पहिलो बैंकको रूपमा परिचित नेपाल बैंक लिमिटेडले निरन्तर ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ । यस समझदारीले बैंकका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवामा थप सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ । नेपालभर २३१ शाखाहरू, २४६ एटीएम साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पुर्‍याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...