CG Electronics
IME Life
NIMB

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

NIMB
Himalayan Bank

 

काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘बिजनेस मोडल इनोभेसन’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया अर्थात् ‘केवाईसी वर्कफ्लो कम्प्लायन्स’ सम्बन्धी उल्लेख्य प्रगतिको लागि उक्त सम्मान प्रदान गरिएको हो। इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यस अवार्ड कार्यक्रमले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूको उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्दै आएको छ।

यस वर्षको प्रतिस्पर्धामा ५०० भन्दा बढी आवेदनहरू परेका थिए, जसमध्ये कुमारी बैंकले आफ्नो व्यावसायिक कार्यप्रवाह तथा अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै यो प्लेटिनम सम्मान प्राप्त गर्न सफल भएको हो।

बैंकको यस प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामक मापदण्डहरूको कडाइका साथ पालना गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन बैंकले पुर्‍याएको योगदानको पनि यस अवार्डमार्फत कदर गरिएको छ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहक केन्द्रित बैंकिङ सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। बैंकले आगामी दिनहरूमा डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वासिलो र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्ने जनाएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...