मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा
Thursday Jun 25, 2026
वि.सं.२०८३ असार ११ बिहीवार १७:५२
काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। आधिकारिक माध्यमबाट विश्वकप हेर्न दर्शकलाई प्रोत्साहित गर्ने तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्मलाई निरुत्साहित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत DGO एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले विश्व फुटबलका चर्चित खेलाडीहरूको हस्ताक्षरित जर्सीसहित विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्।
सिजन पास खरिदकर्ताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी, क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको जर्सी, नेयमारको हस्ताक्षरित ब्राजिलको जर्सी, विजेता जोडीका लागि भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ।
त्यस्तै, मोबाइल पास खरिदकर्ताहरूले भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्ने अवसर पाउनेछन्।
अभियानमा सहभागी हुन ग्राहकहरूले DGO एप डाउनलोड गरी खाता दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा DGO का आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक खाताहरू फलो गर्नुपर्नेछ।
आयोजकका अनुसार यो अभियान सन् २०२६ जुन २१ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ। नेपालभित्र बसोबास गर्ने सक्रिय DGO प्रयोगकर्ताहरू मात्र अभियानमा सहभागी हुन योग्य हुनेछन्। कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा उनीहरूका परिवारका सदस्यहरू भने सहभागी हुन पाउने छैनन्।
विजेताहरूको छनोट तथा प्रमाणीकरण DGO को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिने जनाइएको छ। प्राप्त पुरस्कार नगद वा अन्य वस्तुसँग साटफेर गर्न नपाइने पनि स्पष्ट गरिएको छ।
DGO र हिमालयन स्पोर्ट्सले विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउँदै आधिकारिक प्रसारणलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित यो विशेष अभियान ल्याएको बताएका छन्।
























