CG Electronics
IME Life
NIMB

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने १८औँ संस्करणको उक्त प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूको सहभागिता रहनेछ।

नाडाले गत महिना स्टलका लागि दर्ता खुला गरेको थियो। आइतबार नाडा सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत स्टल बाँडफाँट गरिएको हो।

गोला प्रथाअनुसार १९ वटा यात्रुवाहक सवारीसाधन, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा हल्का व्यावसायिक सवारीसाधन तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल उपलब्ध गराइएको नाडाले जनाएको छ।

कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले अटो शोमा सहभागी हुने सबै कम्पनीहरूप्रति आभार व्यक्त गर्दै प्रदर्शनीलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित छ। यस वर्षको प्रदर्शनीले अटोमोबाइल क्षेत्रका नवीन प्रविधि, नयाँ मोडेल तथा सेवाहरूलाई एकै थलोमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...