CG Electronics
IME Life
NIMB

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

NIMB
Himalayan Bank

 

काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा गठन हुन लागेको नयाँ राष्ट्रवादी राजनीतिक दल दर्ताको तयारी अन्तिम चरणमा पुगेको छ। दल दर्ताका लागि आवश्यक कागजात, विधान तथा हस्ताक्षर संकलनको काम अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रस्तावित दलका नेता डा. धवलशम्सेर राणाले नयाँ दल दर्ताका लागि आवश्यक सबै तयारी पूरा हुने चरणमा रहेको र छिट्टै निर्वाचन आयोगमा दर्ताका लागि जाने जानकारी दिए।

उनका अनुसार दल दर्ताका लागि आवश्यक विधान, हस्ताक्षर संकलनलगायतका प्रक्रिया अन्तिम चरणमा पुगेका छन्।

प्रस्तावित दलका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले देशभर तथा विदेशमा रहेका नेपालीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरे। राष्ट्रवादी विचारधारामा विश्वास गर्ने विभिन्न राजनीतिक समूह र अभियन्ताहरू नयाँ दलसँग सम्पर्कमा रहेको उनले बताए।

लावतीका अनुसार ‘राष्ट्रवादी प्रजातान्त्रिक दल’ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यसप्रति उत्साहजनक वातावरण बनेको छ।

यसअघि राष्ट्रवादी राजनीतिक धारको प्रतिनिधित्व गर्ने दल र नेताप्रति जनस्तरमा असन्तुष्टि रहेको उल्लेख गर्दै नयाँ दलले विश्वासिलो विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको दाबी पनि नेताहरूले गरेका छन्।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...