नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
Monday Jul 27, 2026
वि.सं.२०८३ साउन ११ सोमवार १६:३७
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्श (ICC) द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट सम्मानित भएको छ।
बैंकले ‘Best Bank in MSME Acceleration’, ‘Best Performance on Asset Quality’, ‘Best Performance on Profitability’ तथा ‘Best Commercial Bank’ विधामा पुरस्कार प्राप्त गरेको हो।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो Emerging Asia Banking Awards 2026 कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले बैंकको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानहरूले व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा सूक्ष्म, साना र मझौला उद्यम (MSME) प्रवर्द्धनप्रतिको बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।
यस अवसरमा बैंकले आफ्नो सफलतामा निरन्तर विश्वास र साथ दिने सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सेवाको गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
























