IME Life
NIMB

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंक लि. द्धारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्दि«य कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।

स्तनपान गराईरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्धेश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो । हिजो आयोजित एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्ष ज्यूले उक्त स्याहार कक्षको उद्घाटन गर्नुभएको हो । महिला कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भुमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवद्र्धन गर्ने तथा महिला सशक्तिकरण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरु गर्दैै आएको उक्त फोरम बैंकको ३२ औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।

महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृती निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबद्र्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको हो । यस अवसरमा बैंकले सबै कार्यस्थलहरुलाई मातृत्व मैत्री वातावरण निर्माण तर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरुको स्वास्थ्य, सम्मान र समग्र कल्याण प्रति सदैव प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

 

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...