NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

NIMB
leapmotornepal (citroen)

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न सङ्गठनहरूका लागि लक्षित छ।

नेपाली व्यवसायहरू डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ। एनसेल बिजनेस क्लाउडसुइटको उपभोग गर्दै ग्राहकहरूले एकीकृत प्लेटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन्। यस प्लेटफर्मले डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन सुविधाहरू पनि समेट्छ।

यो प्लेटफर्मले व्यवसायको विभिन्न विकास चरणअनुसार व्यावसायिक वेब होस्टिङ विकल्पहरू प्रदान गर्छ। विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै एनसेलले उपलब्ध गराएको सेवा मार्फत ग्राहकहरूले अब नेपाली मुद्रामै भुक्तानी गर्न सक्नेछन्। एनसेलले यी सेवाहरूका लागि दुई वटा प्याकेज उपलब्ध गराएको छ।

मासिक रु. १,००० पर्ने बेसिक प्याकेजले व्यवसायलाई अनलाइन उपस्थिति स्थापना गर्न सहज र भरपर्दो समाधान उपलब्ध गराउँछ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू समावेश छन्।

त्यस्तै प्रो प्याकेज बढ्दो डिजिटल आवश्यकता पूरा गर्न तयार गरिएको छ। यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू उपलब्ध छन्। यो प्याकेजको मासिक रु. २,००० पर्छ।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओ भने, “एनसेल बिजनेस क्लाउडसुइटको आगमन नेपालका धेरै भन्दा धेरै व्यवसायहरूलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन मद्दत गर्ने महत्त्वपूर्ण कदम हो। डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार हो। स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङलाई जोडेर हामी व्यवसायहरूलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहज बनाउँदै छौँ। क्लाउडसुइटको पहिलो चरणमा हामीले डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरेका छौँ किनकि यी सेवाहरू डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि सबैभन्दा मुख्य आवश्यकता हुन्।”

एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा नेपालभित्रै होस्टिङ हुन्छ अनि डेटा पनि नेपालमै रहन्छ। यसको प्रयोगले ग्राहकहरूलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा उपलब्ध गराँउछ। यसबाट व्यवसायहरूले आफ्नो डेटामा बढी नियन्त्रण स्थापित गर्न सक्छन् र नियामक आवश्यकताहरू पूरा गर्न सहज हुन्छ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:४७

  अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६...