NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

  • देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै खरिद गर्न सकिने,
    ११ वर्षको विशेष वारेन्टी

काठमाडौँ । नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ (Punch.ev) काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लन्च भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक भव्यताका साथ सार्वजनिक गरिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ।

नयाँ पञ्च ईभी पूर्वका बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स प्रा.लि, विराटनगर र इटहरीका गोयल अटो प्रा.लि., मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स प्रा.लि. र राज अटो प्रालि, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकैसाथ सार्वजनिक भएको छ।

कार्यक्रममा बोल्दै सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले भन्नुभयो, “द अल न्यु टाटा पञ्च ईभीप्रति नेपालमा देखिएको उत्साह यसको बुकिङमा पनि स्पष्ट रूपमा देखिएको छ। टाटा मोटर्सले विगतदेखि नै नेपाली ग्राहकहरूको आवश्यकता र चाहनाअनुसारका उत्पादनहरू ल्याउँदै आएको छ र यो न्यु पञ्च ईभीको सकारात्मक सुरुवात देखेर हामी यसमा सफल भएको महसुस गरिरहेका छौँ। यसको सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ।” उहाँले बुकिङ भएका ३२.९९ लाखका सुरुवाती मोडलसहितका सबै गाडीहरू केही दिनभित्रै ग्राहकहरूलाई डेलिभरी दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। साथै एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

 

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...