NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंक (लिड बैंक) का रूपमा रहेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक तथा प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् भने अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सदस्य बैंक तथा वित्तीय संस्थाका रूपमा सहभागी हुनेछन्।

एस.सी. पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ। आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार जडित क्षमता ४४० मेगावाट रहेको छ भने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति विसं २०८७ पुस १५ गते अर्थात् ३१ डिसेम्बर २०३० तोकिएको छ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र कम्पनीका तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका हुन्।

निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अगाडि बढाइएको तिला–१ जलविद्युत आयोजना जडित क्षमताका आधारमा हालसम्मकै ठूलो आयोजना रहेको बैंकले जनाएको छ। आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) सम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ। बैंकले लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ।

अन्तर्राष्ट्रिय असल अभ्यासलाई अवलम्बन गर्ने क्रममा आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन पक्षको समेत अध्ययन तथा मूल्याङ्कन गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार आयोजनाको मूल्याङ्कनका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) ले विकास गरेको ‘हाइड्रोपावर सस्टेनेबिलिटी टुल’ समेत प्रयोग गरिएको थियो।

एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ। बैंकले देशभर रहेका १९७ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...