CG Electronics
IME Life
NIMB

विद्युत् उत्पादन धेरै हुँदा लोडसेडिङ ! -नवीनराज कुइँकेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


नवीनराज कुइँकेल/ बेसीसहर-   विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ ।

वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ ।

वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो । वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ ।

‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भन्नुभयो ।

विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ । जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ ।

यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ ।

विगतमा लोड कम गराउन लमजुङका साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई गोरखा र तनहुँको खैरैनी, डुम्रे क्षेत्रमा पठाउने गरेकोमा हाल गोरखामा दरौदी आयोजनाको उत्पादन सुरु भएपछि लोड कम गराउन नसकिएको न्यौपानेले बताउनुभयो ।

दमौलीस्थित विद्युत् प्राधिकरणको सव–स्टेसनमा जडान गरिएको दुई सय एम्पिएर क्षमताको सिटी (करेन्ट ट्रान्सफर्मर)को क्षमता कम भएकाले लोड धान्न नसकेर लाइन जाने आउने भएको न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार सिटीको क्षमता बढाएर चार सय एम्पिएर बनाउन आवश्यक रहेको छ ।

 

प्रमुख न्यौपानेका अनुसार दमौलीमा बढी क्षमताको सिटी नराख्दासम्म साना आयोजनालाई कम विद्युत् उत्पादनका लागि अनुरोध गरिएको छ ।
जिल्लामा उत्पादित सबै विद्युत् लैजानका लागि निर्माण थालिएको १३२ केभी क्षमताको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किट नबन्दा उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर नागरिकले सास्ती खेपेका छन् ।

समयमा डबल सर्किटको निर्माण कार्य नहुँदा जिल्लाका सबै जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन नपाएको प्रवद्र्धकहरूको भनाइ छ । अहिले सिङ्गल सर्किटबाट १२० मेगावाट मात्रै विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाइएको छ ।
साभार: गोरखापत्र दैनिक

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत...

वि.सं.२०८३ जेठ ३ आइतवार २०:१८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...