CG Electronics
Ncell NPL
NIMB

गुडविल फाइनान्सको २५औं वार्षिक साधारण सभामा सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ, ७६ माघ १। गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिशतले वृद्धि गरी रु.६ अर्ब ८९ कराेड ५६ लाख १३ हजार ७११ रूपैयाँ ८३ पैसा तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी रु. ५ अर्ब ९० कराेड ३१ लाख २२ हजार ८२४ रूपैयाँ ५८ पैसा पु¥याएको जानकारी दिनुका साथै संस्थाका अध्यक्ष राजाराम जोशीले प्रस्तुत गरेको आ.ब.२०७५/०७६ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले, संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६-६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर एक हजारका दरले कुल रु.२५ करोड रुपैंया बरावरको दुई लाख ५० हजार कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी गराएका थिए ।


हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको सो अवसरमा बताइएको थियो ।

विगत २५ बर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोवारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकताका साथ निर्वाह गर्दै आइरहेको छ । यसै अन्तर्गत I am MBA नामक वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना शाखा रहेका र नरहेका क्षेत्रमा समेत संचालन गर्दै आइरहेको छ ।

संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, श्री रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...