CG Electronics
IME Life
Ncell NPL

यूएन सम्मेलनको झल्को दिने ‘यूजीसीआई मुन’

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं ,१७माघ:सभाहलमा विभिन्न राष्ट्रका प्रतिनिधि । समूह–समूहमा टोली विभाजन । प्रतिनिधिहरूले आ–आफ्ना देशको प्रतिनिधित्व गर्दै संवेदनशील विषयमा आफ्नो धारणा राख्दै छन् ।

कोही इन्डिया बनेर, कोही पाकिस्तान बनेर बोले र बोलिरहेका छन् । इन्डिया बनेर बोलिरहेको छ भने पाकिस्तानको पक्षमा बोल्न पाउँदैन ।

विश्वको समस्या, चुनौती र समाधानका विषयमा प्रतिनिधिहरू आफ्नो धारणा राख्दा चित्त बुझ्यो भने अन्य प्रतिनिधिहरूले टेबुल ठोकेर सहमत जनाउँछन् ।

झट्ट हेर्दा संयुक्त राष्ट्र संघ (यूएन)को बैठकझैं देखिने । यो दृश्य हो, काठमाडौंको कमलादीमा रहेको युनिग्लोब कलेजको सभाहलमा चलिरहेको यूजीसीआई २०२० को । जहाँ विद्यार्थीहरू विश्वका समस्याबारे छलफल गरिरहेका छन् ।

‘विश्वमा कस्ता–कस्ता समस्या छन् ? समस्याको समाधान कसरी गर्ने ? आफ्नो भूमिका के हो ? यूएनले समस्या समाधान कसरी गर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं,’ कार्यक्रमकी महानिर्देशक मोनिसा चौधरीले भनिन् ।

महानिर्देशक चौधरीले भनिन्, ‘नेपाल र भारतबीच सीमा विवाद छ । भारत र पाकिस्तानमा द्वन्द्व छ । यी विषयमा युनाइटेड नेसनले कसरी काम गर्छ ? कोही इन्डिया बनेर, कोही पाकिस्तान बनेर, कोही नेपाल बनेर, कोही भारत बनेर आफ्नो राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्छन् ।’

भारतको पक्षमा बोलेको छ भने पाकिस्तानको पक्षमा बोल्न पाइँदैन । ६ वटा कमिटी बनाएर यी समस्याको समाधानका विषयमा विद्यार्थीहरूले छलफल गरिरहेका छन्,’ उनले भनिन् ।

आ–आफ्नो कमिटीले एउटा निचोड निकालेर अन्तिम दिन त्यसलाई पास वा फेल गरिन्छ । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा डिभेड कसरी गरिन्छ भन्ने सिकाउन, विद्यार्थीको सोच्ने क्षमता विकास गर्न, बोल्न, समस्यालाई फेस गर्न र समाधान गर्न कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।

यनिग्लोब कलेज र ग्लोबल कलेज इन्टरनेसलनका विद्यार्थी मिलेर कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा १ सय ५० विद्यार्थी सहभागी छन् । बिहीबारदेखि सुरू भएको कार्यक्रम शनिबारसम्म चल्ने कार्यक्रमकी महानिर्देशक मोनिसा चौधरीले जानकारी दिइन् ।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...