फेसबुक, ट्वीटर र युट्युबमा विज्ञापन गर्न नपाइने
Friday Jan 31, 2020
वि.सं.२०७६ माघ १७ शुक्रवार १३:४१

७६ काठमाडौं ,१७माघ:नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर र युट्युब जस्ता समाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञपनलाई रोक लगाएको छ । यस्तो माध्यमबाट गरिने विज्ञापन अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भन्दै रोक लगाएको हो ।

राष्ट्र बैंककले शुक्रबार एक सुचना सर्वजनिक गर्दै यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए। अब यस्तो प्रकारले विज्ञापन गर्न नपाइने भएको छ ।




























