CG Electronics
IME Life
Ncell NPL

विश्व क्यान्सर दिवस ,दिनप्रतिदिन क्यान्सर रोगीको संख्या बढ्नु दुःखद् कुरा : प्रा.डा. पौडेल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं, २१ मघ । नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदुषण, अत्याधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले गर्दा प्रत्येक वर्ष २० हजार मानिसहरूले क्यान्सर रोगका कारण अकालमा जीवन गुमाइरहेको कुरा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले बताएका छन् ।
मंगलवार काठमाडौंस्थित् लोयल्टी एकेडेमी, मण्डिखाटारमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा ‘विश्व क्यान्सर दिवस’ को अवसरमा सञ्चालित अन्तरक्रियामा प्रा. डा. पौडेलले यस्तो बताएका हुन् । उनले ३० देखी ५० प्रतिशत क्यान्सर खानपान र जीवन शैलीका कारणले गर्दा लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बताउनुपर्ने टिप्स दिएका छन् । यसको अलावा सुर्तीजन्य पदार्थबाट टाढा वस्नुपर्ने कुरा पनि उनले बताए ।


क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे ।
नेपालमा अभैmपनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनि उनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढि हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’


उनले वर्षको एक दिन क्यान्सर दिवन मनाउनु भन्दा समाजमा प्रत्येक व्यक्तिले क्यान्सर रोग न्यूनीकरणको लागि अरुलाई सुर्तीजन्य पदार्थ त्याग्नको लागि प्रोत्साहित गर्नुपर्ने पनि सुझाव दिए । ‘विकसित देशमा जनचेतना, समयमा नै रोगको पहिचान र उपचार विधिमा भएको विकासले क्यान्सर रोगबाट मर्ने संख्यामा निकै कमी आएको छ ।’–उनले सुनाए ।

उनले ४० वर्ष नाघेका महिलाहरुले नियमित रुपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने सल्लाह दिए । उनले भने,‘त्यस्तै, ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिनको लागि पनि नियमित परीक्षण गराउनुपर्छ ।’
त्यस्तै, कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर, मुटु, दम, मधुमेह रोग रोकथामको लागि व्यापक रुपमा जनचेतना जगाउनुपर्ने बताए ।

नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि किशोर किशारीहरूलाई अभिभावकहरूले विशेष ध्यान दिनुपर्ने कडरियाको भनाई छ ।
लोयल्टी एकेडेमीका प्रिन्सिपल योगेशचन्द्र सम्हायेले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतनामूलक कार्यक्रम संचालन गरि क्यान्सर रोगबारे जानकारी प्रदान गराएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयले विशेष अभियान संचालन गर्ने प्रतिवद्धता पनि जनाए ।

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...