CG Electronics
IME Life
Ncell NPL

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं,२१ माघ: आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । 

सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोही अनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइनेछ । 

उक्त योजना यही फेब्रुअरी,  मार्च र अप्रिलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औं वार्षिकोत्सव आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो । आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । 

उक्त्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे । 

www.prabhubank.com

नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

उक्त अबसरमा आइएमई ट्राभल्सले पर्यटन विकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जनाएको छ । 

आन्तरिक पर्यटनको प्रवर्धन र विकासका लागि बिभिन्न खालका कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ आगामी बढ्ने कुरा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...