CG Electronics
IME Life
Ncell NPL

कृषि विकास बैंकले चालु आर्थिक वर्षमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं,२१ माघ: चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यो वर्ष बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा बढाएको छ ।

बैंकले सर्वसाधारणलाई १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब ८ अर्ब ८० करोड ६६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

गत पुस मसान्तसम्ममा कृषि विकास बैंकमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप थियो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च बढेको छ । गत वर्षको ६ महिनामा बैंकले ३ अर्ब ७० करोड ३७ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च ४ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ व्याज खर्च छ । गत वर्ष ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ६२ करोड १० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्ष ३ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा अनुपात ३.१९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ४.५ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.२ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.२३ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.१२ प्रतिशत छ । गत वर्ष ७८.६८ प्रतिशत थियो । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

चालु आर्थिक वर्ष कृषि विकास बैंकको आधार दर १०.१७ प्रतिशत छ । गत वर्ष आधार दर ११.१५ प्रतिशत थियो । आधार दर धेरै हुदाँ कर्जाको व्याज महंगो पर्छ । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ६.७३ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्ममा ५.२९ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

www.prabhubank.com
मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...