CG Electronics
IME Life
Ncell NPL

शान्ति शर्माको “बार्दलीमा जून” लोकार्पण कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं, २६ माघ: सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह “बार्दलीमा जून” राजधानीको बानेश्वरमा रहेको लेखनकुञ्जको सभाहलमा भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने, रमेश पौडेल, वियोगी बुढाथोकी, प्रोल्लास सिन्धुलीय, नन्दकृष्ण जोशी, वशिष्ठ अधिकारी, कलानिधि दाहाल, नन्दु उप्रेती, विजयध्वज थापा, सुनिल अधिकारी लगायत थुप्रै साहित्यकार एवं साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साहित्यले मानवमा सकारात्मक उर्जा भर्नु पर्दछ भन्दै शान्ति शर्माका मुक्तकमा आफूले त्यस्तो उर्जा पाएको बताउनुभएको थियो । पुस्तकमाथि आफ्नो अत्यन्त आकर्षक समालोचकीय मन्तव्य प्रस्तुत गर्दै प्रा. डा. रामप्रसाद ज्ञवालीले पुस्तकमा प्रणय र परिवेश गरि दुई प्रकारका मुक्तकबाट समाजका विविध विषय समेटिएको उल्लेख गर्नुभएको थियो ।

अझ थप कुरा बोल्दै उहाँले प्रेम नि:स्वार्थी नहुने तथा सौन्दर्य आफ्नो इच्छा र चाहना अनुसार फरक हुने कुरा दृष्टान्तसहित बताउनुभएको थियो । डा. कुमार कोइरालाले मुक्तक लेखनको विषयमा मुक्तक विधाको सल्यक्रिया गर्नुभएको थियो भने ज्ञानुवाकर पौडेलले पुस्तकमा अरू स्थापित साहित्यकारबाट भूमिका लेखाएर कृतिलाई बैशाखी टेकाउने काम नगरेकोमा कृतिकारलाई बधाई दिनुभएको थियो । डा. देवी नेपालले शान्ति शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापतित्व गरिरहनुभएका लेखन कुञ्जका सँस्थापक कमल ढकालले साहित्यमा उर्जा हुने बताउँदै त्यही उर्जाले मृत्युको मुखमा पुगेर पनि बाँच्न सकिने तर्क राख्नुभएको थियो । मुक्तकबाट शुरु गरेर मुक्तकबाटै अन्त्य गरिएको कृतिकार शान्ति शर्माको मन्तव्यले सबैलाई मन्त्रमुग्ध पारेको थियो ।

शालिन आवाजमा भद्र शब्दहरूको संयोजन गर्दै मुक्तककार शर्माले सबैलाई दिएको धन्यवाद पूजा सकिएपछिको प्रसाद झैँ स्वादिलो थियो । चर्चित कार्यक्रम प्रस्तोता सरोज घिमिरेले कार्यक्रमलाई मुक्तक झैँ बान्किलो ढङ्गले प्रस्तुत गर्दै गर्दा मुक्तककार प्रकाश बस्नेत गफाडी र शिवराम खड्काले कृतिबाट दुई-दुईवटा मुक्तक वाचन गरेर थप रौनकता प्रदान गर्नुभएको थियो । मुक्तककार शान्ति शर्माको यस अघि नै गजल सङ्ग्रह ” अम्लान फूल” प्रकाशित छ । मुक्तककार शर्मा दियालो साहित्य सरगमकी अध्यक्ष हुनुहुन्छ ।

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखी ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो...

वि.सं.२०८३ वैशाख १३ आइतवार १४:०३

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै...

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:३४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट...

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा दिन होटल व्यवसायी महासंघ तयार

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:२५

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले सामाजिक...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...