CG Electronics
Ncell NPL
NIMB

अर्थमन्त्री:कोरोनाकै कारण अर्थतन्त्रमा समस्या आउँदैन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,६चैत:अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोना त्रासका कारण अर्थतन्त्र डामाडोल नहुने बताएका छन् । पर्यटन क्षेत्रमा असर देखिन थालेको छ । पर्यटनको अर्थतन्त्रमा जम्मा ३% हिस्सा छ ।अर्थतन्त्रमा पर्ने प्रभावलाई सोही अनुसार बुझ्न उनले आग्रह गरे । सरकारका निर्णयहरु सार्वजनिक गर्दै बिहीबार अर्थ मन्त्री खतिवडाले पर्यटन क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमै असर पर्छ भन्ने हिसाबले अहिले ठाडो अनुमान लगाउने काम भइरहेको भन्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३% मात्र रहेकाले समग्र अर्थतन्त्र नै बिग्रिने गरी असर नहुने उनको तर्क छ ।काम गर्न विदेश जान नपाएकालाई सरकारले रोजगारी दिने पत्रकार सम्मेलनमा बोल्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थ मन्त्री खतिवडाले सरकारले कोरोना भाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपालीलाई आवश्यक रोजगारी प्रदान गर्ने बताए । विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् काम दिनेछ ।

’काम गर्न चाहने व्यक्तिले आफ्नो नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगारी दिन्छ,’ मन्त्री खतिवडाले भने । उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिन सक्ने बताए । तर टेबल वर्क मात्र गर्छु भन्नेलाई भने सरकारले रोजगारी दिइहाल्न नसक्ने पनि उनले जनाउ दिए ।पर्यटन उद्योगलाई कर तिर्ने समय थपिनेअर्थमन्त्री  खतिवडाले कोरोनाले प्रत्यक्ष प्रभाव पार्ने केही उद्योगहरुको कर तिर्ने समय पछाडि सार्ने बिषयमा छलफल भइरहेको पनि बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा केही समस्या आएकाले यस क्षेत्रको राहतका लागि छलफल भइरहेको उनको भनाई छ ।

उद्योगको प्रकृति फरक फरक भएकाले कर तिर्ने समय कसरी पर सार्ने भनेर निर्णय गर्न केही छलफल गर्नुपर्छ । जसका कारण केही समय लागेको उनले बताए । कोरोनाले पर्यटन क्षेत्रलाई छिटो प्रभावित गरेको भन्दै हवाइ र होटलका साथै यससँग सम्बन्धित अन्य क्षेत्र प्रभावित भएको अर्थमन्त्री खतिवडाले अवगत गराए ।

अर्थमन्त्री खतिवडाले भने, ’फेब्रुवरी र मार्चको सिजनमा क्षति पुगेको छ । अब यसको भरपाइ गर्न अफसिजनमा पर्यटक ल्याउने रणनीति बनाउन थालेका छौं ।’ खतिवडाले पर्यटन क्षेत्रका अस्थायी श्रमिक तथा कर्मचारीलाई समस्या हुन सक्ने भन्दै उनीहरुको समस्या समाधान गर्न कल्याणकारी कोष परिचालन गर्ने बारेमा छलफल भइरहेको बताए । उनले अहिले विप्रेषण अघिल्लो वर्षकै वरिपरि रहेको भन्दै यसबाट ठूलो समस्या परिहाल्छ भन्ने अवस्था नरहेको पनि बताए ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...