IME Life
NIMB

राजनीतिक कारणले नायिका करिश्मा मानन्धरको पारिवारीक खटपटी शुरु

NIMB
Himalayan Bank

३१ बैशाख, काठमाडौ- स्थानीय तहको पहिलो चरणको निर्वाचन भइरहदा राजनीतिक कारणले नायिका करिश्मा मानन्धरको पारिवारीक खटपटी शुरु भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय पार्षद् बनेकी नायिका मानन्धरले पति बिनोद मानन्धरले आफुमाथी ठुलो अन्याय गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेकी छिन् । मानन्धर आफैले सामाजिक सञ्जाल फेसबुकमा नै पति बिनोदले आफुले सहनै नसक्ने खालको अन्याय गरेको आरोप लगाएकी हुन् ।

स्थानीय निर्वाचनको मतदान सुरु भैरहेका बेला मानन्धरले गोदावरीबाटै सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै पति विनोद मानन्धरको आलोचना गरेकी छिन् । उनले विनोदले आफ्नो नैसर्गिक अधिकारमाथि समेत हस्तक्षेप गरेको दाबी गरेकी छिन् । उनले आफूलाई विनोदले राजधानीको नभएर सप्तरीको मतदाता बनाएको भन्दै आलोचना समेत गरेकी छिन् । उनले विनोदको यसरी आलोचना गरेकी छिन् ।

‘सायद यो लेख्न हुदैनथ्यो तर हद भयो सहने । हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहेँ । यसै पनि बिनोदजीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन ।
बिनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहाना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमीनै मालिक बन् । तर, केही कुरा सहन सकिदैन तिमीले हाम्रा लागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नु पर्ने र ?

म काठमाडौंको नागरिकता भएको मान्छे । उहाँसँग विवाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो । म चुप लागे । सायद श्रीमान् को मा राख्नुपर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाई दिनु भएन । हामी लाजिम्पाट बस्छौँ । आफ्नो र छोरी को बसाई–सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ ।

तर, उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधेँ । तर, वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरे । बसाई–सराईको कागज पनि थिएन । त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजविराजको हो, न म त्यहाँ कहिले बसेको छु । कसरी गएर भोट दिने ? अरु सब कुरामा ऊ मेरो मालिक होला । तर, मेरो नैंसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ।’

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...