CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

प्रदेश नं १ समाचार : कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७मङ्गलबारे, ७ वैशाख: इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।

सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

कोरोना कोषमा जिल्ला समन्वय समितिका पदाधिकारीको सहयोग

खोटाङ ः जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधावापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवासुविधावापतको रु एक लाख पाँच हजार रकम प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको रु २२ हजार र उपप्रमुख खत्रीले १५ दिनको रु २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको रु आठ÷आठ हजारका दरले कोषमा रकम जम्मा गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पु¥याउन सेवासुविधावापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताउनुभयो ।

सेवासुविधावापतको रकम प्रदेश नं १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिले पनि आफूले राज्यबाट पाएको सेवासुविधावापतको रकम कोषमा जम्मा गरिरहेका छन् । यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको सुविधा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । त्यसयता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आआफ्नो क्षेत्रमा कोष स्थापना गरेर जम्मा गरिरहेका छन् ।

भीडभाड बढेपछि तरकारी बजार पनि बन्द

ओखलढुङ्गा : ओखलढुङ्गा सदरमुकाममा लाग्ने नियमित हाटबजार पूर्णरूपमा बन्द गरिएको छ । सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाटबजार मानिसको धेरै भीड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारबाट पूर्णरूपमा बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रमण शुरु भएसँगै सिद्धिचरण नगरपालिकाले तरकारी र खाद्यान्नबाहेकका सामग्री हाटबजारमा किनबेच गर्न रोक लगाएको थियो । तरकारी र खाद्यान्नको कारोवारका लागि मात्रै पनि सयौँको सङ्ख्यामा मानिस भीड लाग्न थालेपछि नगरपालिकाले कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अबका दिनमा हाटबजार क्षेत्रमा पसल राखेर बेच्न नपाइने उहाँको भनाइ छ ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामग्री मागअनुसार घरघरमै पु¥याएर सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै थप सतर्कताका लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला बजारमा मानिसको चहलपहल बढेको भन्दै स्थानीयवासीले हाटबजार पूर्णरूपमा बन्द गर्न माग गरेका थिए ।
––– (रासस)

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...