CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

गोरखामा वडाध्यक्षलेनै क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७गोरखा, ७ वैशाख: गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेकाहरुलाई वडाध्यक्षले गाऊँपालिकाको निर्णय वेगरनै घर पठाइदिएका छन् ।

एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् ।

स्थानीय शहिद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका सबैलाई ७ जनालाई शनिवार दिउँसो उनीहरुकै आग्रहमा घर पठाएको वडा नम्वर ७ का अध्यक्ष श्रेष्ठले दावी गरेका छन् ।

क्वारेन्टाइन व्यावस्थापन समितिका संयोजक समते रहेका अध्यक्ष श्रेष्ठले कुनै सल्लाहनै नगरी क्वारेन्टाइनमा वसिरहेकाहरुलाई जवर्जस्ती घर पठाएको गाऊँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीले जानकारी दीइन्।

‘म त्यही फिल्डमा छु, मैले वडाध्यक्षलाई के गर्नुभएको यस्तो क्वारेन्टाइनमा बसेकालाई घर पठाउन पाइदैन भन्दा कसले के गर्छ भन्दै उहाले जवर्जस्ती घर पठाउनु भयो’, उनले भनिन्, ‘यो गाऊँपालिकाको निर्णयविरुद्ध छ।’

क्वारेन्टाइन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको श्रेष्ठले दावी गरे । अध्यक्ष श्रेष्ठले भने, ‘चौतर्फी दवावपछि र्‍यापिड डाइनोस्टिक टेस्ट गर्ने गरि कागज गरेर उनीहरुलाई छाडिएको हो।’ उनिहरु बस्न नमानेकोले होम क्वारेन्टाइनमा बस्ने गरि छाडिएको अध्यक्ष श्रेष्ठले दावी गरे।

शहिद स्मृति माविको क्वारेन्टाइनमा बैशाख ३ गते हेटौंडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौंबाट आएका २ जना बस्दै बसेका थिए । उनीहरुको क्वारेन्टाइनमा बस्ने अवधी पूरा बाकी थियो ।

गाऊँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने पालिकाले निर्णय गरेकाले उनीहरुलाई घर पठाउनु गलत भएको बताए ।

‘गाऊँपालिका बैठकले गरेको निर्णयलाई मान्दिन भन्ने पाइदैन’, अध्यक्ष रमेश थापामगरले भने, ‘यस्तो संबेदनशील विषयमा गाऊँपालिकासंग कुनै सल्लाहनै नगरी निर्णय लिनु गम्भिर त्रुटी हो । यस विषयमा गाऊँपालिका बैठकले आवस्यक निर्णय लिन्छ।’

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...