CG Electronics
IME Life
NIMB

ईरफ़ान खानको सम्मानमा “ए चरी” बोलको गीत सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं:चर्चित कलाकार ईरफान खानको सम्मानमा आर्ट्माण्डुले आफ्नो नयाँ गीत समर्पण गरेको छ।  “ए चरी, एन ओड टु ईरफ़ान खान” बोलको उक्त गीत जेठ २ गते आर्ट्माण्डुको आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको रचना अन्वेश थुलुङ्ग् राईले गरेका हुन् भने स्वर तथा संगीत अंकित बाबु अधिकारीको रहेको छ।

आर्टमाण्डुले आज जारी गरेको प्रेस विज्ञप्तीका अनुसार गीतको शब्दले भने जस्तै ईरफान खानले दुनियाँभरि करोडौं कलाप्रेमीलाई प्रेरणा दिएका छन् ।  र गीत सुन्दै गर्दा ईरफान आफैँले समस्त कलाकारहरुलाई चरी जस्तै स्वतन्त्र उडान भर्न उत्प्रेरित गरिरहेको भान हुन्छ ।  गत २९ अप्रिलमा मुम्बईको कोकिलाबेन अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा दिवंगत भएका ईरफ़ान आफैँ संघर्ष गरेर बलिवुड हुँदै हलिवुड सम्मको लामो यात्रा तय गर्न सफल भएका कलाकार हुन्।  यस अर्थमा उनको पुरै जीवननै एक चरीको जस्तै स्वतन्त्र थियो ।

“ईरफ़ान खान मेरो जीवनमा धेरै ठुलो महत्व बोकेका कलाकार हुन् ।  उनको देहावसान पछि मलाई उनलाई एउटा गीत समर्पण गर्न इच्छा लाग्यो ।  यति कम समयमा हाम्रो मिहिनेतले यो गीत सार्वजनिक गर्न लागेका छौं। यसमा म एकदमै खुशी छु, ” गीतका रचनाकार थुलुङ्ग् ले भने । गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका हुन् भने कोविद बज्रको ध्वनी सम्मिश्रणमा गीत आर्ट्माण्डुको आफ्नै स्टुडियोमा निर्माण भएको हो ।

यस गीतका गायक तथा संगीतकार अंकित बाबु अधिकारीका थुप्रै गीत बजारमा आइसकेका छन् । उनका राम-नाम, सम्झनालाई, मायामा लगायतका गीत चर्चित छन् । अधिकारी नेपाली तारा-३ को टप ८ सम्म पुग्न सफल भएका थिए ।

आर्ट्माण्डुले विगतमा पनि यस्तै अर्थपुर्ण सृजनाहरु नेपाली कला क्षेत्रमा पस्किंदै आएको छ । आर्ट्माण्डुबाट निर्माण भएका केही चर्चित म्युजिक भिडियोहरुमा विपिन कार्की अभिनित “बटौली”, अंकित बाबु अधिकारीकै “सम्झनालाई” र नवीन चौहान निर्देशित “लुकिछिपी किन मायामा” पर्छन।  लुकिछिपी किन मायामा बोलको गीतले गत २१ औं टुबोर्ग इमेज अवार्डमा तीन मनोनयन मध्यमा “सर्वोत्कृष्ट म्युजिक भिडियो” तथा “सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक” गरि दुई अवार्ड हात पार्न सफल भएको थियो । आर्ट्माण्डु नेपाल प्रा. लि. ले गत तीन वर्ष देखि विभिन्न विधामा अडियो-भिडियो निर्माण गर्दै आइरहेको छ।

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...