CG Electronics
IME Life
NIMB

५ दशकदेखि रामकृष्ण कर्माचार्यको जीवनसंघर्ष, प्रेस स्वतन्त्रताको लागि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं:पत्रकार र पत्रकारीता पेशा त्यति सजिलो छैन । समाज रुपान्तरण र विकासका लागि जनतालाई सूसुचित गराउने काममा शुरुका दिन कम चुनौतीपूर्ण थिएन । प्रेस स्वतन्त्रताको हक अधिकारलाई स्थापित गराउने काममा युवा अवस्थादेखि नै लागि परेका रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष यस्तो थियो ।

वि. सं २००३ सालमा पुल्चोक ललितपुरमा जन्मिनुभएका रामकृष्ण कमाचार्यले सोभियत संघबाट डिप्लोमा इन जर्नालिज्म गर्नुभएको हो । कर्माचायका एक छोरा,पाच छोरीमध्ये ३ जना शिक्षिका १ जना स्टाफ नर्स छोरा News24 TV मा कार्यरत छन् ।

विं सं २०१८ बिद्यार्थी जीवनकालबाटै पत्रकारीतातर्फ रामकृष्णा कर्माचार्य अगाडी बढ्नुभएको थियो । गोपाल दास श्रेष्ठ, मुनिन्द्रराज र रमेशनाथ पाण्डे पत्रकारीता पेशाको प्रेरणा भएका कर्माचार्यले बताए । छात्राबृत्रिलाई मच्छिन्द्र इन्स्च्यिूटबाट पढाई सुरु गर्दै पत्रकारितामा डिप्लोमा सम्पादक विद्यार्थी समन्वय समितिको अध्यक्ष छदैमा समन्वय पाक्षिक प्रकाशन रोजगारीको लागि नया सन्देश र मदरल्याण्डमा काम गरेको २०२६ मा आफ्नै स्वामित्वमा गोरेटो साप्ताहिकको प्रकाशन क्रमश अखबार दैनिक आदि प्रकाशन गरेर नेपालमा स्वतन्त्र पत्रकारीतको विकास कर्माचायले शुरु गर्नुभएको थियो । पेशागत हक हितका लागि समुहगत व्यक्तिगत स्वार्थ त्याग्ने पत्रकारलाई रुचाउनुहने उहा आफ्नै कमी कमजोरीले हो वा देख्न नसकेकोले मृत्यु उप्रान्त भए पनि त्यस्ता व्यक्ति हेर्न लालायित भै आखा दान गर्ने ईच्छा व्यक्त गर्नुभएको छ ।

गोविन्द वियोगी चन्द्रलाल झा सहित ४ जना प्रेस काउन्सिलमा निर्वाचित भएपछि सरकारी पक्षले निर्वाचन रद्द गराउन शायद म आर्थिक र शारिरीक रुपमा कमजोर थानेर हो कि कुन्नी मलाई मेरो नाग्ले पसलबाट नै अपहरण गरी प्रधानमन्त्रीका प्रेस सल्लाहाकार समक्ष लग्दा दवाव दिदा पत्रकारिताको घाटी रेट्ने निर्णय विरुद्ध अडान लिन सफल भएकोमा गौरव सम्झेको छु त्यस बेला म स्व गोपालदास श्रेष्ठको नेतृत्वको नेपाल पत्रकार संघको सदस्य भएको घटना आफ्नो पत्रकारीता दौरानको अविस्मरणीय क्षण भएका कर्माचार्यले बतानुभएको छ ।

पत्रकार पत्रकारीता गर्दै जाँदा अन्तराष्ट्रिय पत्रकार महासंघको १२ औ महाअधिवेशनमा भागलिन  रुद्रनाथ शर्मा रासस अम्मान जोर्डन गएको बेला अधिवेशनको अन्तिम दिन बिदाई भोज डेड सि मृत सागरमा गरिएको कुरा उल्लेख गर्दै सबैजना डेड सि मा नुहाउन पुगे तर महिला मित्रको अगाडि अर्धनग्न भै पौडन संकोच मानी अलि भित्र जान लाग्दा खबरदार १ अगाडि नबढ्नुहोस सेता गेरी भन्दा पारी अर्के मुलुक पर्छ गोली ठोक्न सक्छ भन्दाको झस्को यतिबेला पनि मन मस्तिष्कमा ताजा रहेको कर्माचार्यले बताउनुभयो ।

पंचायतमा निर्देशित पत्रकारिता थियो नमानेको खण्डमा छापाखाना तथा प्रकाशन ऐन नियमको हवाला दिदै पत्रिका नै बन्द गरिन्थ्यो जुन शिकार गोरेटो साप्ताहिकलाई लगाई पनि पयो । हाल पत्रिका त बन्द गर्देन तर पत्रकार र पत्रिका बांच्न सरकार बा समूह को आश्रय लिनुपर्ने बाध्यता देखिन्छ । यस्तो अवस्थालाई पत्रकारका संघ संगठनहरुको ससक्त पहल आवश्यक छ । जनतालाई सूसुचित गराउने पत्रकार र पत्रकारीता पेशाको व्यवसायिक विकासका लागि न त सरकार न त पत्रकारका संघ संगठनलाई चिन्ता छ अहिले पनि, आफ्नो बिद्यार्थी कालकै पत्रकारीतको अवस्था अझै पनि छ, एउटा देशभक्त नागरिककले आफ्नै तवरबाट पत्रकारीताा पेशा बचाइरहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारीताको नेपालमा विकासका लागि पत्रकारका संघ संस्था जुझारु रुपमा लाग्नुपर्ने खाँचो छ, कर्माचार्यले भने ।

पेशागत हक हित र सुरक्षाको लागि कुनै नीति नियम र योजना नभएकोले सुसुचित हुने हक पनि केवल कागजमा मात्र सिमित रहेकाप्रति दुःखेसो पोख्दै २६ जनावरी १९९५ मा तत्कालिन प्रधानमन्त्रीलाई अन्तराष्टिय पत्रकार महासंघले पेशागत हक हितक र सुरक्षाका लागि हवाई ५० प्रतिशत छुट र जोखिमपुर्ण र सम्वेदनशलि पेशा भएकोले जीवन विमाको माग आफूहरुले उठाएको पनि कर्माचार्यले बताउनुभयो ।

अन्तराष्टिय पत्रकार महासंघको कार्यकारिणी सदस्य समेत अलगै बताउदै पत्रकार महासंघको एउटै झण्डामुनि सबै पत्रकार अट्ने र ऐक्यबद्धता जनाउने खाले प्रबन्ध हुनुपर्नेमा उहाँको जोड छ । नेपाल पत्रकार संघ राष्टिय प्रेस क्लब श्रमिक पत्रकार सघ आदिलाई नि पत्रकार महासंघले समेट्न सक्नुपर्दछ अनि मात्र पेशागत पत्रकारीताको विकास सम्भव छ कर्माचार्य बताउनुहुन्छ।

कर्माचार्यले स्व श्री ५ विरेन्द्रको सोभियत सघको राजकीय भ्रमणक पिस एण्ड प्रोग्रेस असंलग्न राष्टहरुको छैठौ शिखर सम्मेलन हवाना क्यूवा मा हुदा असंलग्नता वर्तमान महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम सरकारको प्र.ज.ग भ्रमण ताका स्वाधीनता र शान्ति नामक प्रकाशन र पेशागत कार्यका लेख रचना केवल अध्ययनको लागि मात्रै नेपालमा भएको सार्क सम्मेलनमा प्रकाशित टाइड स्मांिरकाको लोकप्रियताले कर्माचार्यलाई थप लोकप्रिय बनाएको थियो ।

मोफसलका पत्रकारिताको विकासका लागि थुप्रै प्रयास गर्नु पर्ने देखिन्छ । राजधानीमा थुप्रेका नेता दुतावास र व्यापारीको मुखपत्र बनने होडबाजीले मौफसलका पत्रकार पिल्सिएका छन् । पत्रकारिताको विकासको लागि नियममा पनि प्राथमिकता दिनुपर्ने आवाज कर्माचार्यले उठाउदै आएका पत्रकारीता विकासका गहन र मननीय कुराहरु छन् । प्रज्ञा प्रतिष्ठानद्धारा नेपालकै इतिहासमै प्रथम पटक गाईजात्रे पुरस्कार पाउंदा सो रकमले लेटर प्रेस राखी काम गर्ने मौका पाएको अनुभव शेयर गर्दै उहाँले वन महोत्सव पुरस्कार , बुद्धज गा्रयण्ड अवार्ड जापान शुभ राज्यभेषक पदक वीरेन्द्र ऐश्वर्य सेवा पदक नेपाल प्रेस यूनियन रिपोर्टस मिडिया र मानव समाज विकास संस्था बसुन्धरा मानव प्रतिष्ठानबाट सम्मानित हुन पाएकोमा पत्रकारीता क्षेत्रमा आफूले गरेको योगदानको उचित मूल्यांकन र कदर भएको कर्माचार्यले बताउनुभएको छ।

पेशागत हक हित र सुरक्षाका लागि जीवन विमा र सुविधा उपलब्ध हुनुपर्नेमा उहाँले बारम्बार आवाज उठाउदै आउनुभएके छ । पाटन अस्पतालका निम्न तहका कर्मचारी डेस्ररको छोरा सोही अस्पतालको बोर्ड अध्यक्ष पाउनु केन्द्रीय चलचित्र जांच समितिको सदस्य मनोनयन हुनु पत्रकारिताकै देन भएको कर्माचार्यले बताउनुभयो । पत्रकारिताकै कारण अन्तराष्टिय पत्रकार महासंघको कार्यकारीणी सदस्य जोर्डन जापान जर्मन जिम्वाब्ये कोरिया आदि राष्ट्र भ्रमण गर्ने मौकाले त्यहाँको पत्रकारीताको अवस्थाको बारे बुझेर शेयर गर्न पाएकोमा कर्माचार्य खुशी हुनुहुन्छ।

नेपाललाई बुद्ध जन्मिएको देश सगरमाथा भएको देशको रुपमा मात्रै होइन धर्म कला संस्कृति र स्वतन्त्र सार्वभौम सम्पन्न देशको रुपमा चिन्ने गरेको विदेशीहरुको नेपालको धारणालाई समेत कर्माचार्यले प्रशंसा र कदर गर्नुभएको छ । यो कुरा कर्माचार्यले आफ्नो पत्रकारीता पेशाको सिलसिलमा विदेशमा आयोजना गरिएका बिभिन्न सम्मेलनमार्फत अनुभव गरेका हुन् ।

साँच्चै ५ दशक भन्दा लामो समय नेपालको पत्रकारीता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुभएका रामकृष्ण कर्माचार्यको अहिलेको जोश र जाँगर पनि युवा पुस्ताकै जस्तो छ । आफ्नो जीवनकालभर पत्रकारीता पेशालाई धर्म र कर्म ठानेर लगानी गर्दै यही क्षेत्रमा होमिएका कर्माचार्यबाट अहिलेको पत्रकार पुस्ताले पत्रकारीताको मर्म र धर्मलाई बुझी व्यवसायिक पत्रकारीता गर्न सिके पक्कै समाज रुपान्तरण र देश विकास पत्रकारीताबाटै सम्भव छ भन्नेमा कसैको दुइमत रहदैन ।

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...