फेरि१९जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६सय ३ पुग्यो,८९ जना घर फर्के
Sunday May 24, 2020
वि.सं.२०७७ जेठ ११ आइतवार १७:२९

काठमाडौं –नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौंमा एक जनासहित १९ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जना संक्रमित थपिएका हुन्। तीमध्ये ८९ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।






















