CG Electronics
IME Life
NIMB

नेपाली सेनाद्वारा भारतीय सञ्चारमाध्यमको खण्डन गर्दै विज्ञप्ती जारी

NIMB
Himalayan Bank

काठमाडौं –नेपाली सेनाले नेपालको संविधान अनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ । बिहीबार राति विज्ञप्ति जारी गर्दै भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तीमा भारतीय हिन्दुस्तानटाइम्स डटकम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन गर्दै भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो । दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन् ।

सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न’ अनुरोध गरेको छ । ‘नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...